एमालेद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

नेपालखोज २०७७ चैत ४ गते १५:३०

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दल कर्णाली प्रदेशको बुधवार बसेको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

एमाले र माओवादी केन्द्र नेकपामा एकीकरण हुनुअघि एमालेको समर्थनमा माओवादी केन्द्रबाट महेन्द्रबहादुर शाही मुख्यमन्त्री बनेका थिए । सर्वोच्च अदालतले पार्टी एकीकरणलाई खारेज गरेर एमाले र माओवादी केन्द्रकै अवस्थामा बिउँताइ दिए पछि अहिले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको एमालेका सचेतक गुलावजङ्ग शाहले जानकारी दिए ।

कर्णाली प्रदेश सरकारमा एमालेबाट तीन जना मन्त्री छन्, उनीहरूलाई पनि फिर्ता हुन निर्देशन दिइको उनले जानकारी दिए । बैठकमा १९ एमालेका सांसदमध्ये १० जना सहभागी भएका थिए ।एमालेले समर्थन फिर्ता लिएसँगै शाहीको पद गुम्ने पक्का भएको छ । कर्णालीमा सरकार बनाउन २१ जना सांसद आवश्यक पर्छ ।

प्रतिक्रिया