ओलीले बोलाए एमाले संसदीय दलको बैठक
नेपालखोज
२०७७ चैत ४ गते १५:४०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले संसदीय दलको बैठक बोलाएका छन् । बिहीबार बस्नेगरी दलको बैठक बोलाएका हुन् । दलको बैठकमा माधव कुमार नेपाल समूहले भने सहभागिता नजनाउने संकेत गरेको छ ।
नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने बताए ।
अध्यक्ष ओलीले गरेको गत फागुन २८ गतेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनैपनि बैठकमा सहभागी नहुने नेता पाण्डेले बताए ।
सम्बन्धित

प्रतिक्रिया