एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक आज (बिहीबार) बिहान बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजेपछि संसदीय दलको बैठक बस्ने छ ।
यता प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी नहुने जनाएको छ ।
नेपाल पक्षको बुधबारदेखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेलामा नेता सुरेन्द्र पाण्डेले ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।
गत फागुन २८ गते गरेको निर्णय फिर्ता नभएसम्म ओलीले बोलाएको कुनै पनि बैठकमा सहभागी नहुने नेता पाण्डेले बताए ।
यसैबीच नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला बिहीबार पनि हुँदैछ । भेलामा नेता माधवकुमार नेपालले बुधबार कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यपत्रमा सामूहिक छलफल भइरहेको छ । भेला बिहीबार नै सकिने छ ।

प्रतिक्रिया