संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बोलाए गौतमलाई
नेपालखोज
२०७७ चैत ५ गते ११:०२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठकमा नेता बामदेव गौतमलाई पनि बोलाएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान ११ बजेपछि बोलाइएको संसदीय दलको बैठकमा नेता गौतमलाई पनि प्रधानमन्त्री ओलीले बोलाएका हुन् । यद्यपी गौतम अहिलेसम्म ओली वा नेपाल समूहमा लागेका छैनन् ।
ओलीको तर्फबाट निम्तो दिन प्रमुख सचेतक विशाल भट्टराईले गौतमलाई बिहान फोन गरेका हुन् । तर गौतम निकटले भने बालुवाटार जाने–नजाने बारे निश्चित नभएको बताएका छन् ।
यता ओलीले बोलाएको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह सहभागी नहुने भएका छन् भने सो समूहले ललितपुरको सानेपामा आफू पक्षीय सांसदहरुको बैठक बोलाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया