बिदेशबाट सामान आयात गर्दा एक पटकमा अधिकतम एक लाख अमेरिकी डलरको सीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले परिवत्र्य बिेदेशी मुुद्रामा सामान आयात गर्न सक्ने व्यवस्थामा संसोधन गर्दे एक पटकमा अधिकतम अमेरिकी डलर एक लाख वा सो बराबरको परिवत्र्य बिदेशी मुुद्रासम्मको मालसामान आयात गर्न सकिने व्यवस्था गरेको छ । बाँणिज्य बैंक तथा राष्ट्रियस्तरको बिकास बैंकहरुको परिपत्र जारी गर्दे बिदेशी बिनिमय नियमित गर्ने ऐन २०१९ अनुसार यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको राष्ट्र बैंकले जनाएको छ ।
खाद्य तथा पेय पर्दाथ आयात गर्न खोलिने प्रतितपत्र (एलसी) को हकमा नेपाल सरकारको सम्वन्धीत निकायबाट पुर्व स्वीकृती लिनुुपर्ने छ । आयात सम्वन्धी कागजातमा उल्लेखित आयातकर्ता, निर्यातकर्ता, परिमाण र मुल्य सम्वन्धी बिवरण त्यस्तो अनुुमतीपत्रमा उल्लेख भएको बिवरणसंग मेल खाएको हुनुपर्ने छ भने भारतबाट सामान आयात गर्दा पनि सम्वन्धीत सरकारी निकायबाट अनुुमती लिनुपर्ने परिपत्रमा उल्लेख छ ।
प्रतिक्रिया