गुटगट भेला नगर्न संसदीय दलको आह्वान
नेपालखोज
२०७७ चैत ५ गते १३:४८

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा एमाले संसदीय दलको बैठकले गुटगट भेला नगर्न आह्वान गरेको छ ।
बैठकले गुटगत भेला नगर्न तथा पार्टीबाहेकका निर्देशन नमान्न पनि सांसदहरुलाई आह्वान गरेको हो ।
यता वरिष्ठ नेता खनाल–नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला जारी राखेका समयमा बैठकले अन्य समूहमा लागेकाहरुलाई पनि फर्किएर आत्मआलोचना गर्न आह्वान गर्दै दल र पार्टीको कार्यक्रममा मात्र सहभागी हुन आग्रह गरेको छ ।
बैठकले त्यस्तो आह्वान अनुरुप पार्टीमा नफर्कनेहरुलाई विधानानुसार स्पष्टीकरण सोध्ने र आवश्कयताअनुसार कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया