सार्वजनिक यातायातको भाडा बढाउन व्यवसायको माग
नेपालखोज
२०७७ चैत ५ गते १५:५८

काठमाडौं । यातायात व्यवसायीले यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् ।
बिहीबार दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म भाडा बढाउन माग गरेका हुन् ।
पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सो माग गरेको हो ।
महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया