प्रतिनिधिसभा बैठक भोली बस्दै, यस्तो छ सम्भावित कार्यसूची

नेपालखोज २०७७ चैत ५ गते १७:०५

काठमाडौं । संघीय संसदको भोली (शुक्रबार) बस्ने संसद बैठकको सम्भाविक कार्यसूची प्रकाशित भएको छ । संसद् सचिवालयले भोलिका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूची प्रकाशित गरेको हो ।

सांसदहरु अनुपस्थितिको सूचनाहरु स्वीकृतिको लागि प्रस्तुत हुने, प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोग र मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र पूर्व राष्ट्रियसभा सदस्य एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यसूची तय भएको छ ।

यस्तो छ कार्यसूची

प्रतिक्रिया