कोरोना अपडेट : थपिए १०७ संक्रमित, थप एक जनाको मृत्यु
नेपालखोज
२०७७ चैत ५ गते १७:१९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक पुष्टि भएको संख्यासँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ७५ हजार ६२५ पुगेको छ ।
त्यस्तै थप ५२ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या दुई लाख ७१ हजार ६१० निको भएको भएको मन्त्रालयल जनाएको छ ।
त्यस्तै, २४ घण्टामा कोरोना संक्रमणका काररण थप १ जना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार १५ पुगेको मन्त्रालयले जनाएको छ ।
अहिले एक हजार जना आइसोलेसन र ५२ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख २७ हजार ५४७ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया