नेप्से २४ सय ७५ बिन्दुमा, २० अर्ब ६१ करोड शेयर खरिद बिक्री
काठमाडौं । सेयर बजारमा यो साता पनि तिव्र उतारचढाव देखिएको छ । साताको सुरुवाती कारोवार दिन बजार घट्दा नेप्से परिसुचक २३ सय अंकसम्म झरेको थियो । सो पश्चात क्रमश सम्हालिदै गएको नेप्से तेस्रो कार्यदिन पश्चात लगातार बढेको थियो । जसले गर्दा साताको अन्तिम कारोवार दिनसम्म आईपुुग्दा नेप्से २४ सय ७५ दसमलव नौ अंकमा पुुग्न सफल भएको थियो भने सेन्सिटिभ इन्डेक्स पनि चार सय ४४ दसमलव १५ अंकमा पुुग्न सफल भएको थियो ।
नेप्सेमा यो साता दुुई सय १६ वटा कम्पनीहरुको कारोजवार भएका थिए । जसबाट दुई लाख ६२ हजार दुई सय ६१ पटकको कारोवारमा चार करोड ८८ लाख पाँच हजार सात सय २८ कित्ता सेयर किनबेच भएकाछन भने कुुल कारोवार रकम २० अर्ब ६१ करोड ३१ लाख ८९ हजार नौ सय ६५ रुपैयाँ पुुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा झण्डै सात अंर्ब रुपैयाँले बढी हो । गत साता नेप्सेमा दुुई सय ११ वटा कम्पनीहरुको एक लाख ५३ हजार पाँच सय नौ पटकको कारोवारमा तीन करोड २० लाख ७८ हजार एक सय २२ कित्ता सेयर किनबेच भएको थियो । उक्त परिमाणमा सेयर किनबेच हुुंदा कुल कारोवार रकम १३ अर्ब ८५ करोड ८५ लाख ८० हजार नौ सय ६४ रुपैयाँ पुुगेको थियो ।
नेप्से यो साता पाँच कार्य दिन नै खुल्ला रहेकोमा पहिलो र दोस्रो दिन घटेपनि तेस्रो, चौथो र पाँचौं दिन उच्च अंकले बढेको थियो । जसअनुसार पहिलो दिन ५१ दसमलव २३ अंकले घटेर २४ सय सात दसमलव २५ अंकमा झरेको नेप्से अन्तिम कारोवार दिन ४२ दसमलव ९५ अंकले बढेर दुुई हजार चार सय ७५ दसमलव नौ अंकमा पुगेको थियो । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि पहिलो दिन १० दसमलव एक अंकले घटेर चार सय ३५ दसमलव १३ अंकमा सिमित रहेकोमा अन्तिम कारोवार दिन पाँच दसमलव ५५ अंकले बढेर चार सय ४४ दसमलव १५ अंकमा पुग्न सफल भएको थियो ।
नेप्सेमा यो साता नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी, नेपाल टेलिकम आदिको बढी रकम कारोवार भएकाछन । सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि अगाडि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक आदि अगाडि परेका छन् । यो साता ग्रिन लाईफ हाईड्रो पावर कम्पनी, हिमालयन बैक, ग्लोवल आईएमई बैंक, लुुम्बिनी बिकास बैक, नेपाल सेवा लघुुबित्त बित्तीय संस्था, महिला सहयात्रा लघुुबित्त बित्तीय संस्था, नेपाल बंगलादेश बैक, सेञ्चुरी कर्मसियल बैंक सहितका कम्पनीहरुको बोनस तथा हकप्रद सेयर नेप्सेमा नियमित कारोवारका लागि सुचीकृत भएका छन् ।
प्रतिक्रिया