बिहीबार, वैशाख १३, २०८१

अब पर्यटकले क्वारेन्टाइन बस्न नपर्ने पिसिआर बुझाए पुग्ने

नेपालखोज २०७७ चैत ६ गते १३:३७


काठमाडौं । सरकारले विदेशी पर्यटक नेपाल प्रवेश गर्दा तोकेको सात दिने होम क्वारेन्टाइनको व्यवस्था हटाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्नय मन्त्रालयले योे व्यवस्था हटाउन प्रस्ताव गरे पछि बिहिबार साँझ बसेको मन्त्री परिषद्को बैठकले हटाएको पर्यटन मन्त्रालयका प्रवक्ता तारानाथ अधिकारीले बताए ।

मन्त्रालयले होम क्वारेन्टाइन बस्न नपर्ने , ७२ घण्टा अगाडीको पिसिआर जाँच गरेको नेगेटिभ रिपोर्ट र कोरोना विरुद्धको भ्याक्सिन ९खोप० लगाएको प्रमाण भए नेपालमा निर्वाद रुपमा प्रवेश गर्न पाउने गरी व्यवस्था ल्याएको प्रवक्त अधिकारीले बताए । पर्यटकहरुका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटै अनराइभल भिसा दिनेसमेत निर्णय भएको अधिकारीले बताए ।

नेपाल आउन चाहने पर्यटकले ट्राभल एजेन्सीको सिफारिसमा सोही मुलुकस्थित नेपाली नियोगबाट भिसा लिएर मात्र नेपाल आउनुपर्ने नियम रहेको छ । तर मन्त्रालयले विदेशी पर्यटकहरुले ५ हजार डलरको कोरोना बिमा भने अनिवार्य गरेको मन्त्रालयले जनाएको छ । यस अघि पर्यटन व्यवसायीहरुले होम क्वारेन्टाइन बस्नु पर्ने व्यवस्था भए पनि यसको प्रभावकारिता नभएको भन्दै हटाउन माग गरेका थिए । होम क्वारेन्टाइनलाई व्यवस्थित बनाउनु पर्ने र विमाको व्यवस्था हटाउनु पर्ने, पर्यटकका लागि सहज वातावरण बनाएर अर्थतन्त्रलाई सुधार गर्नु पर्ने जस्ता माग पर्यटन सम्बद्ध संघ संस्थाहरुले गर्दे आएका थिए ।

प्रतिक्रिया