बुधबार, फागुन ९, २०८०

मन्त्रालय भागबण्डामा सहमति जुटे आजै मन्त्रिपरिषद् विस्तार

नेपालखोज २०७८ साउन १४ गते ७:१५

काठमाडौं । सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज बिहानै बस्दैछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह ), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको बैठक अहिले बिहान साढे आठ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तार, विभिन्न नियुक्तिलगायत विषयमा छलफल हुने एक नेताले बताएका छन् ।
स्रोतकाअनुसार बैठकमा मन्त्रालय भागबण्डामा सहमती जुटे आजै मन्त्रिपरिषद् विस्तार हुनेछ ।

हिजो बिहान बसेको बैठकमा छिटो मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो ।

प्रतिक्रिया