काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला

नेपालखोज २०७७ चैत ६ गते १३:५०
फोटो फाइल

काठमाडौं । काठमाडौंको चाल्नाखेलमा दुई पुरुषको शव फेला परेको छ ।

शुक्रबार दिउँसो दुई पुरुषको शव जंगलमा मृत अवस्थामा फेला महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश कुमार बस्नेतले जानकारी दिए ।

उनका अनुसार शव फेला परेको जानकारी आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । घटना हत्या वा आत्महत्या भन्ने खुलिसकेको छैन ।

प्रतिक्रिया