महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

नेपालखोज २०७७ चैत ६ गते १४:००

काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा खरेलले भने, ‘प्रधानमन्त्रीलाई भेटेर पदबाट राजीनामा दिएको छु । मैले ३ वर्षमा के–के काम गरेँ यसअघि पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने गरेको थिएँ ।’

संसद् विघटनको मुद्दा हारेपछि प्रधानमन्त्री केपी शर्मा ओली खरेलसँग असन्तुष्ट थिए ।

पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

२०६४ र २०७० सालका संविधानसभामा सदस्य रहेका उनी केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा कानुनमन्त्री थिए । बार एसोसिएसनका पूर्वमहासचिवसमेत रहेका खरेल महान्यायाधिवक्ता हुनुअघि एमालेका पोलिटब्युरो सदस्य थिए ।

प्रतिक्रिया