धादिङमा महिलालाई जिउँदै पुरेर भागेका डोजर चालक पक्राउ

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा डोजरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालकलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।
सडक निर्माणका क्रममा डोजरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो । सीआईबीका अनुसार चालक बुढाथोकीलाई कञ्चनपुरबाट पक्राउ गरिएको हो ।
धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डोजर (एक्स्काभेटर) ले घाँस बोकेर घरतर्फ फर्किँदै गरेकी कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन । चालक भीमबहादुरले उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।
काठमाडाैंबाट सल्यानटार हुँदै आरघाटमका लागि छुटेको बसका यात्रुले ‘एक्स्काभेटरले मान्छे पुर्यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । खाना खाँदै गरेका सडकमा मजदुरले कुमालको शव निकालेका थिए ।

प्रतिक्रिया