चैत १० गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित
नेपालखोज
२०७७ चैत ६ गते १५:५३

काठमाडौं । प्रतिनिधिसभाको बैठक चैत १० गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख अग्नि सापकोटाले बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित गरिएको बताए ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक बालकृष्ण खाँण, नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसाल, जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादव, जनमोर्चाका सांसद दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवालले सम्बोधन गरेका थिए ।
सम्बन्धित

प्रतिक्रिया