बिहीबार, असार १९, २०८२

कोरोना अपडेट : थप १२५ जनामा संक्रमण पुष्टि, १२३ जना डिस्चार्ज

नेपालखोज २०७७ चैत ६ गते १८:०७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप १२३ जना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ७ सय ३३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १ हजार १ रहेको छ । ५१ जना क्वारेन्टाइनमा छन् । आज नेपालमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेहरुको संख्या ३ हजार १६ पुगेको छ ।

प्रतिक्रिया