आज मुलुकभर चट्याङसहित वर्षाको सम्भावना

नेपालखोज २०७७ चैत ७ गते ८:०२

काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज मुलुकभर मेघगर्जनरचट्याङसहित वर्षाको सम्भावना रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार र सोमबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया