’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै
नेपालखोज
२०७७ चैत ७ गते ८:२०

काठमाडौं । सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलमा आज दुई खेल हुने भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेल महाबिर युथ क्लब र विरगंज युथ एकेडेमीबीच दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ ।
यस्तै दोस्रो खेलमा विरगंज युनाईटेड क्लब र प्लानिङ ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल दिउँसो साढे ३ बजेबाट सुरु हुनेछ ।
आगामी चैत २४ गतेसम्म संचालन हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया