शनिबार, असार ७, २०८२

सहुलियतपूर्ण कर्जाको ‘रिपोर्टिङ’ गर्न निर्देशन

नेपालखोज २०७७ चैत ७ गते ९:५६

काठमाडौं । लक्षित वर्गमा पुनर्कर्जा, सहुलियतपूर्ण कर्जा तथा व्यावसायिक निरन्तरता कर्जा पुगे नपुगेको रिपोर्टिङ गर्न नेपाल राष्ट्र बैङ्कले मातहतका निकायलाई निर्देशन दिएको छ ।

कोभिड–१९ कारण अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण एवं आर्थिक पुनरुत्थानका लागि कार्यान्वयन गरिएको कर्जा सही ठाउँमा पुगे नपुगेको अनुगमन गर्ने राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई रिपोर्टिङ गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैङ्कबाट इजाजत प्राप्त क, ख, ग र घ वर्गका बैङ्कहरूलाई यस्तो निर्देशन दिएको हो । निर्देशन अनुसार सात दिनभित्र सबै बैङ्कलाई रिपोर्टिङ गर्न भनिएको छ । राष्ट्र बैङ्कले सूचनासँगै रिपोर्टिङको ढाँचासहितको नमुनापत्र सार्वजनिक गर्दै विवरण भरी रिपोर्टिङ पोर्टलमा रिपोर्ट गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

प्रतिक्रिया