प्रधानमन्त्रीद्वारा पर्वतारोही शेर्पालाई राष्ट्रिय झन्डासहित विदाई
नेपालखोज
२०७७ चैत ७ गते १६:२०

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी आरोहण गर्न जान लागेकी माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गरेका छनद् । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डा हस्तान्तरण गर्दै उनले सफलतापुर्वक आरोहण गरेर फर्कन शुभकामना दिएका छन् ।
प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझावसमेत दिएका छन् ।

सन् २००३ देखि हिमाल आरोहण सुरु गरेकारी शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । यसमध्ये पाँच वटा हिमालको आरोहण गरिसकेकी छन् ।

शेर्पाले यसअघि तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।
सम्बन्धित
प्रतिक्रिया