भारतीय जेलमा रहेका दुर्गाप्रसाद ४० वर्ष पछि जेल मुक्त

काठमाडौं । कर्तव्य ज्यान मुद्दामा ४० वर्षभन्दा धेरै समयदेखि भारतको कारागारमा थुनिएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक) जेल मुक्त भएका छन् ।
माई नगरपालिका–१० लुम्बाकका तिम्सिना सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए। उनिमाथिको आरोप प्रमाणित भने भएको छैन । दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।
उनलाई रिहा गर्न उच्च अदालत कोलकाताले बुधवार आदेश दिएको थियो । नेपालबाट उनका भाइ प्रकाशचन्द्र तिम्सिना कोलकाता पुगेपछि कोलकाताको दमदम कारागारले मुक्त गर्ने प्रक्रिया शुरु गरेर आज जेल मुक्त गरेको हो ।
भाइ प्रकाशचन्द्र र कोलाकातामा रहेको नेपाली महावाणिज्य दूतका निजी सचिव सतिश थापाको रोहबरमा दुर्गाप्रसादलाई कारागारमुक्त गरेको हो । मुद्दा दर्ता भए पनि प्रहरीले अदालतको सुनुवाइ बिना नै दुर्गाप्रसाद तिम्सिनालाई जेलमा राखेको हो ।
प्रतिक्रिया