नेतृ झाँक्रीलाई स्पष्टीकरण नसोध्ने केन्द्रीय कमिटी बैठकको निर्णय

नेपालखोज २०७७ चैत ७ गते १९:१३

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले नेतृ रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय फिर्ता गरेको छ ।

पार्टीमा गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । तर बैठकको अन्तिममा प्रधानमन्त्री ओलीले झाँक्री लहलहैमा लागेर हिँडेको र उनलाई स्पष्टीकरण सोध्न वेट पुग्दैन’ भनेपछि निर्णय फिर्ता भएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई भने स्पष्टीकरण सोध्ने निर्णय पारित गरेको छ ।

प्रतिक्रिया