मंगलबार, वैशाख ३०, २०८२

भारतले हात पार्यो टी ट्वान्टी सिरिज

नेपालखोज २०७७ चैत ८ गते ८:३३

काठमाडौं । घरेलु टोली भारतले इङ्ल्यान्डविरुद्धको टी–ट्वान्टी क्रिकेट सिरिज जितेको छ । शनिबार राति भएको अन्तिम तथा निर्णायक सिरिजमा रोमाञ्चक जित निकाल्दै भारतले सिरिज आफ्नो नाममा गरेको हो ।
 
भारतले पाँच खेलको रिसिजमा ३–२ को जित हात पारेको हो । अहमाबादमा भएको खेलमा भारतले दिएको २२५ रनको लक्ष्य इङ्ल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८८ रन बनायो ।
 
इङ्ल्यान्डका लागि जोस बट्लस र डेभिड मलानले अर्धशतकीय पारी खेले । ४६ बल खलेका मलानले ९ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । त्यस्तै ३४ बल खेलेका बट्लरले २ चौका र ४ छक्काको सहयोगमा ५२ रन बनाए ।

प्रतिक्रिया