मंगलबार, वैशाख ३०, २०८२

गोलरक्षकले गोल गरी टिमलाई जित दिलाएपछि…

नेपालखोज २०७७ चैत ८ गते ९:००


काठमाडौं । सेभिल्लाको गोलरक्षक बोनोले स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा इन्जुरी समयमा गोल गरि टिमलाई हारबाट जोगाएका छन् ।

अवे मैदानमा भएको खेलमा सेभिल्ला रियल भालाडोलिडसँग १–० ले पछि परेको थियो अन्तिम समयसम्म ।

४४ औँ मिनेटमा पाएको पेनाल्टीमा ओरेलानाले रियल भालाडोलिडका लागि गोल गरेका थिए । भ्रमण टोली सेभिल्लाका लागि इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा गोलरक्षक बोनोले गोल गरेर बराबरी गरेका हुन् ।

प्रतिक्रिया