सरकारमा होइन निर्वाचनमा जाऊँ: सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारमा जाने होइन निर्वाचनमा जानुपर्ने बताएका छन् ।
चितवनको रत्ननगरमा शनिबार नेपाली काँग्रेस तरुण विभागले आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै सभापति देउवाले सरकारमा जाने नसोचेर निर्वाचनमा जानुपर्ने बताएका हुन् । उनले त्यसतर्फ ध्यान केन्द्रीत गर्न कार्यकर्ताहरुलाई निर्देशनसमेत दिए ।
सभापति देउवाले प्रधानमन्त्री को बन्ला भन्नेतर्फ ध्यान नदिन आग्रह गर्दै देशभर पार्टीलाई बलियो बनाउन निर्देशन दिए । देशमा अर्लि इलेक्सनको कुरा उठेको भन्दै त्यसका लागि सबै जना तमतयार भएर लाग्ने बेला आएको उनको भनाई थियो ।
सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरु एक भएर अघि बढे काँग्रेसलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने भन्दै त्यसका लागि जनताको घरदैलो पुग्नुपर्नेमा जोड दिए । उनले जनता नै देशको मालिक भएको भन्दै भोट बढाउनतिर लाग्न निर्देशन दिएका छन् ।

प्रतिक्रिया