आइतबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
नेपालखोज
२०७७ चैत ८ गते ११:११

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार ८६ हजार ७ सयमा कारोबार भएको सुनको मूल्यमा आइतबार ५ सय रुपैयाँले बढेर प्रतितोला ८७ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य ८६ हजार ७ सय ५० रुपैयाँ कायम रहेको छ ।
नेपाली बजारमा आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । शुक्रबार एक हजार दुई सय ७५ मा कारोबार भएको चाँदीको आइतबार मूल्यमा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार दुई सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया