पहिरोका कारण धुन्चे-स्याफ्रु सडकखण्ड अवरुद्ध
नेपालखोज
२०७७ चैत ८ गते १४:००
रसुवा । पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक ठप्प भएको छ । धुन्चे–स्याफ्रु सडकखण्डको चिलिमे जलविद्युत् केन्द्र नजिकै गएराति पहिरो गएको हो ।
पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । पहिरोका कारण ठूला-ठूला ढुङ्गा खसेकाले हटाउन समय लाग्ने प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताए।
अहिले दुई वटा एक्स्काभेटर सहयोगमा ढुङ्गा पन्छाउने काम भइरहेको छ । सडक ठप्प हुँदा यात्रु अलपत्र परेका छन् ।
सम्बन्धित
प्रतिक्रिया