बिहीबार, वैशाख २०, २०८१

स्थानीय तह निर्वाचन : हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटाउने तयारी

नेपालखोज २०७९ वैशाख १७ गते ९:२५

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हरेक मतदान स्थलमा स्वास्थ्यकर्मीको टोली खटिने भएको छ ।

हालसम्म हरेक मतदान केन्द्रमा प्राथमिक उपचार सेवासहित एउटा स्वास्थ्यकर्मीहरुको टोली राख्ने निर्णय भएको मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपत् व्यवस्थापन इकाई प्रमुख डा समिर अधिकारीले बताए ।

त्यस्तै हरेक मतदान स्थलबाट नजिक पर्ने स्थानीय स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्ने समेत निर्णय भएको अधिकारीले बताएका छन् ।

यस्तै कोरोना संक्रमणको जोखिम कायम नै रहेको अवस्थामा मतदानस्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न कडाइ कसरी गर्न सकिन्छ भन्ने विषयमा निर्वाचन आयोगसंग छलफल भइरहेको पनि उनले बताए । हरेक मतदानस्थलमा अहेव, स्वास्थ्य स्वयंसेविका सहितको टोली खटाउने मन्त्रालयको तयारी रहेको छ ।

प्रतिक्रिया