शुक्रबार, वैशाख ७, २०८१

शे-फोक्सुण्डोमा नि:शुल्क इन्टरनेट जडान

नेपालखोज २०७७ चैत ९ गते ११:५१


काठमाडौं । शे-फोक्सुण्डो गाउँपालिका–८ मा पर्ने शेफोक्सुण्डो ताल क्षेत्रमा नि:शुल्क इन्टरनेट सेवा जडान गरिएको छ । निजी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा जडान गरेको हो ।

सुन्दर पर्यटकीय गन्तव्य भएर पनि फोक्सुण्डो ताल ओझेलमा परेकाले थोरै भए पनि प्रचार होस् भन्ने उद्देश्यले तालनजिकै निःशुल्क इन्टरनेट सेवा जडान गरिएको वर्ल्डलिङ्कले जनाएको छ ।

इन्टरनेट प्रयोग गर्ने व्यक्तिले एक दिनमा निशुल्क ५०० एमबी प्रयोग गर्नसक्ने कम्पनीका प्राविधिक उमाकान्त क्षेत्रीले जानकारी दिए । निशुल्क इन्टरनेट जडानसँगै फोक्सुण्डो ताल घुम्न आउने पर्यटकका लागि सञ्चार सम्पर्कमा रहन सहज हुनाका साथै पर्यटकले मनोरञ्जन लिनसक्ने क्षेत्रीको भनाइ छ । रासस

प्रतिक्रिया