राष्ट्रपतिको कार्यभार उपराष्ट्रपतिलाई

नेपालखोज २०७७ चैत ९ गते १२:०६


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको राजकीय भ्रमणमा गएकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानबमोजिम उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुने जनाइएको छ ।

राष्ट्रपति भण्डारी जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा दुईदिने भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गएकी छिन् । अब राष्ट्रपतिको काम उनी नफर्किएसम्म नन्दबहादुर पुनले सम्हाल्ने छन् । रासस

प्रतिक्रिया