सांसद चौधरी रिहाइको माग गर्दै थारु अगुवाद्वारा धर्ना

नेपालखोज २०७७ चैत ९ गते १५:५२

काठमाडौं । सांसद रेशम चौधरीको रिहाइको माग गर्दै थारु अगुवाहरुले धर्ना दिएका छन् । आइतबारदेखि काठमाडौंको माइतीघरमा थारु कल्याणकारिणी सभाले चौधरीको रिहाइको माग गर्दै धर्ना दिएका हुन् ।

२०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै धर्ना दिएका हुन् । २०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो । सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।

प्रतिक्रिया