सानेपामा कांग्रेस पदाधिकारी बैठक सुरु
नेपालखोज
२०७७ चैत ९ गते १६:४६
काठमाडौं । सानेपा स्थित पार्टी कार्यालयमा नेपाली कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारी बैठक सुरु भएको छ । ४ बजेबाट सुरु भएको बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका सदस्यसँग छलफल गर्न लागिएको हो ।
मातहतका समितिबाट क्रियाशील सदस्यता वितरण र नवीकरणको सूची बुझाउने मिति नजिकिएसँगै केन्द्रमा छलफल हुन लागेको हो । क्रियाशील सदस्यता सम्बन्धमा विवादित जिल्लाबारे शीर्षस्थ नेताहरूसँगको छलफलबाट छानबिन समितिले निकास माग गरेको छ । आजको बैठकले समसामयिक विषयमा छलफलका लागि केन्द्रीय कमिटी बैठकको माग गर्ने बुझिएको छ ।
सम्बन्धित
प्रतिक्रिया