४० वर्ष भारतीय जेल बसेका दुर्गाप्रसादले क्षतिपूर्ति पाउन सक्ने
नेपालखोज
२०७७ चैत ९ गते १९:३७

काठमाडौं । भारतीय जेलबाट ४० वर्षपछि रिहा भएका नेपाली नागरिक दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई क्षतिपूर्ति दिने विषयमा विचार गर्नु उपयुक्त हुने कोलकाता उच्च अदालतले आदेश दिएको छ ।
इलामका तिम्सिनाको मुद्दामाथि फैसला गर्दै सोमबार कोलकाताको उच्च अदालतले उनको परिवारले मागे कानुन अनुसार क्षतिपूर्ति दिन पश्चिम बंगाल सरकारलाई निर्देशन दिएको उनका वकिल हिरक सिन्हाले जानकारी दिए ।
शनिबार कारागारमुक्त भएका तिम्सिना हिजो (आइतबार) इलामस्थित आफ्नो घर पुगिसकेका छन् । अदालतको दस्तावेजनमा उनलाई दीपक जोशी भनिएको छ ।
उच्च अदालतका मुख्य न्यायाधीशसहितको दुई सदस्यीय इजलासले सोमबार जारी गरेको आदेशमा दीपकको परिवार विपन्न भएको तथा उनी पक्राउ र जेल परेपछि परिवारले सामाजिक चुनौती खेप्नु परेको आफूलाई बताइएको उल्लेख छ ।
सम्बन्धित

प्रतिक्रिया