न्यूनतम पारिश्रमिक निर्धारण समितिमा पत्रकार गोपाल तिवारीसहित ५ जना नियुक्त

नेपालखोज २०७७ चैत ९ गते २०:१३

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिको बोर्डमा सरकारले वरिष्ठ पत्रकार तथा खुलानेपाल डटकमका सम्पादक गोपाल तिवारीसहित ५ जना पत्रकारलाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सोमबार आयोजित एक कार्यक्रममा नवनियुक्त बोर्ड सदस्यहरुलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै खादा लगाइदिएर कार्यकालको शुभकामना दिएका थिए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयबाट हुम्लाका नवराज महतरा, सिन्धुलीकी विमला पाण्डे, प्यूठानका गिरु भण्डारी र भक्तपुरका ऋषिकेश श्रेष्ठलाई चैत १ गते समितिको सदस्यमा नियुक्त गरेको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले श्रमजीवी पत्रकारहरूले भोग्दै आएको पारिश्रमिकसम्बन्धी सबै समस्या समाधान गर्न नवनियुक्त सदस्यहरू सफल हुने विश्वास व्यक्त गरेका छन् । बोर्डका अध्यक्ष राजेन्द्र अर्यालले उक्त कार्यक्रममा समितिले सरकारबाट दिइएको जिम्मेवारी पूरा गर्न क्रियाशील भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया