नेपाल पक्षले स्पष्टीकरणको जवाफ लिखित रुपमै दिने

नेपालखोज २०७७ चैत ९ गते २१:२३

काठमाडौं । माधव कुमार नेपाल पक्षले नेकपा एमाले संस्थापन पक्षले सोधेको स्पष्टीकरणको जवाफ लिखित रुपमै फर्काउने भएको छ ।

ललितपुरमा सोमबार सम्पन्न माधव–झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरूको अनौपचारिक छलफलले स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्ष निकालेको हो । पार्टी हित विपरित गतिविधि गरेको भन्दै महासचिव ईश्वर पोखरेलले वरिष्ठ नेता नेपालसहित चार जना नेतालाई स्पष्टीकरण दिन पत्राचार गरेका थिए ।

‘महासचिव ईश्वर पोखरेलको हस्ताक्षर रहेको पत्र आज प्राप्त भएको छ, भोलिसम्म यसको लिखित जवाफ तयार हुन्छ,’ माधव-झलनाथ पक्षका एक नेताले भने । गत चैत ७ गते बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपालसँगै स्थायी कमिटीका नेताहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेको भन्दै ओली पक्षले माधव पक्षका नेताहरूलाई कारवाही किन नगर्ने रु भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनेको छ ।

प्रतिक्रिया