शुक्रबार, वैशाख १४, २०८१

सुन्तला सेवनका चार फाइदाहरू

नेपालखोज २०७७ चैत १० गते ६:००

काठमाडाैं । सुन्तलाका चार फाइदा निम्न छन् ।

राेग प्रतिरोधात्मक क्षमता बढ्ने: सुन्तलामा प्रशस्त मात्रामा पाइने भिटामिन ‘सी’ले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।

छालाको सुन्दरता बढ्ने: सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले छालालाई सुन्दर राख्न मद्दत गर्छ ।

कोलेस्टेरोल घट्ने: सुन्तलामा पाइने पोलिमेथिक्सोलेट फ्लाभोनेसले शरीरभित्रको खराब कोलेस्टेरोल घटाउन मद्दत गर्ने विभिन्न अनुसन्धानले देखाएको छ । तसर्थ, उच्च कोलेस्टेरोल भएका भएका बिरामीले सुन्तला खानु फाइदाजनक मानिन्छ ।

क्यान्सर जाेखिममा कमी: सुन्तलामा पाइने ‘डी–लिमोनेन’ भन्ने तत्वले स्तन क्यान्सर, फोक्सोको क्यान्सर, छालाको क्यान्सरको जोखिम कम गर्छ ।

प्रतिक्रिया