माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, पछिल्लो राजनीतिक घटनाबारे छलफल हुँदै

नेपालखोज २०७७ चैत १० गते १०:४३

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा बसिरहेको छ । पार्टी संसदीय दलको कार्यालयमा बिहान साढे ८ बजेदेखि जारी बैठकमा पछिल्लो राजनीतिक घटनाबारे छलफल भइरहेको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले जानकारी दिए ।

यसअघि स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने भनिएको थियो । ‘सबैलाई पायक हुने भनेर सिंहदरबारमा बैठक राखिएको हो,’ पोखरेलले भने ।

उनका अनुसार बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, सांगठनिक काम, एमालेमा गएका नेतामाथि कारबाही, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाए पनि सरकारलाई दिएको समर्थन भने अहिलेसम्म फिर्ता लिएको छैन ।

प्रतिक्रिया