अफगानिस्तानमा हिमपहिरो : दुई जनाको मृत्यु, दुई जना घाइते
नेपालखोज
२०७७ चैत १० गते १४:४०

सिन्ह्वा । अफगानिस्तानको उत्तरी प्रान्त बादाख्शानको शाकाई जिल्लामा मंगलबार गएको हिमपहिरोमा परी एउटै घरका दुई व्यक्तिको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका प्रान्तीय परिषदका सदस्य मेहबुब रहमानले बताए ।
हिमाली जिल्लाको पहाडी सांगिच गाउँमा मंगलबार बिहानको प्राकृतिक प्रकोपमा परी बुवा, छोराको मृत्यु भएको छ । त्यसैगरी एकै परिवारका दुईजना घाइते भएका अधिकारीहरु जनाएका छन् ।
अफगानिस्तानको बादाख्शान र छिमेकमा पर्ने तखार, कुन्दुज र बाघलान प्रान्तमा विगत दुई दिनदेखि वर्षा र हिउँ परेको दृश्य देखिएको समाचारमा उल्लेख गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया