कोरोना अपडेट : २४ घण्टामा थपिए १८८ संक्रमित, ७७ संक्रमणमुक्त
नेपालखोज
२०७७ चैत १० गते १७:४२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चार हजार ३२ जनाको पीसीआर परीक्षण गरिएकोमा १८८ जनाको नतिजा पोजिटिभ आएको स्वासथ्य तथा जनसंख्या मन्त्रालयले जनाएकवो छ ।
आज १८८ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ७६ हजार २४४ पुगेको छ । हाल देशभर क्वारेन्टिनमा ५८ जना छन् भने आइसोलेसनमा एक हजार १२८ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ७७ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ९७ पुगेको छ ।
नेपालमा कोरोनाका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा कोभिड–१९ का कारण तीन हजार १९ जनाले ज्यान गुमाइसकेका छन् ।
सम्बन्धित

प्रतिक्रिया