बुधबार, असार ११, २०८२

बुधबार सुनको मूल्य स्थिर हुँदा चाँदीको भने घट्यो

नेपालखोज २०७७ चैत ११ गते १०:५३

काठमाडौं । नेपाली बजारमा आज चाँदीको मूल्य घटेको छ भने सुनको मूल्यमा कुनै परिवर्तन आएको छैन । मंगलबार प्रतितोला ८७ हजार ७ सयमा कारोबार भएको सुनको मूल्यमा आज कुनै फेरबदल नभई हिजोकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायीय महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य ८६ हजार २ सय ५० कायम रहेको छ ।

आज चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ । मंगलबार एक हजार दुई सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्यमा दश रुपैयाँले गिरावट आएर प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया