बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी तामाङ पक्राउ

काठमाडौं । बैकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी बुद्धि बहादुर तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) का अनुसार बैैकिङ कसुरको अभियोगमा काठमाडौं साविक सुन्दरीजल गा.बि.स.वडानं.–२ घर भई हाल काठमाडौंको गोकर्णेश्वर न.पा.२ बस्ने ४० बर्षीय ताामाङ पक्राउ परेका हुन् ।
सिआईबीका अनुसार कुमारी तामाङको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बुद्धि बहादुर तामाङ भएको बैंकिङ्ग कसूर मुद्दामा सम्मानित उच्च अदालत पाटनको २०७७ फागुुन १७ गतेको फैसलाले तामाङलाई छ दिन कैद र १९ लाख ९० हजार रूपैयाँ जरिवाना हुने ठहर गरेकोमा उक्त सजाय बेरुजू रही फरार रहेका निज तामाङलाई सिआईबीबाट खटिएको प्रहरी टोलिले आज मंगलबार जोरपाटी, काठमाडौंबाट पक्राउ गरी आजै फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरेको हो ।
सिआईबीका अनुसार प्रतिवादी बुद्धि बहादुर तामाङ्गले २०७६ कात्र्तिक २५ गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्यानमा पारी कृषि विकास बैंक लिमिटेड, शाखा कार्यालय जोरपाटीमा रहेको आफ्नो नामको खाताबाट भुक्तान हुने गरी चेक काटी पीडित जाहेरवाला कुमारी तामाङलाई दिएकोमा बैंकिङ्ग कसूरजन्य अपराध गरेको ठहर गरी सम्मानित उच्च अदालत पाटनबाट निजको हकमा बैंकिङ्ग कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५(१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला भएको थियो ।
प्रतिक्रिया