कांग्रेस नेतृ प्रसाईको निधन
नेपालखोज
२०७७ चैत ११ गते १३:५४

काठमाडौं । नेपाली कांग्रसकी नेतृ एवं नेपाली प्रजातान्त्रिक आन्दोलनको योद्धा गिरिराजकुमारी प्रसाईको निधन भएको छ । २०४५ सालको बहुदलीय प्रजातान्त्रिक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेकी प्रसाईको ९० वर्षको उमेरमा निधन भएको हो ।
उनले बहुदलीय प्रजातन्त्र स्थापनापछिको पहिलो राष्ट्रिय सभा सदस्यको पद अस्वीकार गरेकी थिइन् । उनी राजनीतिमा पद लोलुपताबाट टाढा रहने व्यक्तित्वको रुपमा चिनिन्छिन् । मंगलबार राति विर्तामोडस्थित निजी निवासमा उनको निधन भएको हो ।
सम्बन्धित
प्रतिक्रिया