शनिबार, वैशाख १३, २०८२

राष्ट्र बैकले ३ अर्ब ४५ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७७ चैत ११ गते १४:१५

काठमाडौं । नेपाल राष्ट्र बैकले बित्तीय प्रणालीमा तीन अर्ब ४५ करोड रुपैयाँ बराबरको संस्थागत निक्षेप राख्ने भएको छ । राष्ट्र बैंकका अनुसार पेन्सन तथा उपदान कोषमा रहेको रकम तीन सय ६५ दिने मुुद्धती निक्षेपको रुपमा २०७८ बैशाख एक गतेदेखि बिसं २०७९ बैशाख एक गतेसम्मको लागि राख्न लागिएको हो ।

यसरी मुुद्धती निक्षेपको रुपमा राखिने कुुल रकम मध्येमा बाणिज्य बैकहरुको लागि दुुई अर्ब ७६ करोड, बिकास बैंकहरुको लागि ५१ करोड ७५ लाख र फाईनान्स कम्पनीहरुको लागि १७ करोड २५ लाख रुपैयाँ छुट्याईएको छ । रकम लगानी गर्न चाहाने इच्छुुक तथा फाईनान्स कम्पनीहरुले चैत १३ गते अपरान्ह एक बजेसम्म नेपाल राष्ट्र बैंकमा आफुुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुुपर्नेछ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरुलार्ए विभिन्न सर्त तोकेको छ । सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुुनुुपर्ने छ । यस्तै, कर्जा तथा स्वदेशी निक्षेप र प्राथमिक पूँजी अनुपात राष्ट्र बैकले बैंकले निर्धारण गरेको सीमाभित्र रहेको, सर्वसाधारणको लागि छुट्याइएको शेयर जारी गरिसकेको, निकटतम अघिल्लो आ.व.मा सञ्चालन मुनाफा (व्यवस्था पछिको मा रहेको हुुनुपर्ने लगायतका न्युनतम सर्तहरु तोकिएका छन् ।

प्रतिक्रिया