मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट नाम फिर्ता लिन सांसदलाई सात दिनको समय

नेपालखोज २०७७ चैत ११ गते १४:५०

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्ताव फिर्ता लिनका लागि आफ्ना सांसदलाई सात दिनको समय दिएका छन् ।

नेकपा एमाले पुनर्स्थापित भएपछि पहिलो पटक बुधबार बसेको नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकमा मुख्यमन्त्री राईले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समय दिएका हुन् ।

‘छलफलका क्रममा एक साताको समय पर्याप्त हुने भनिएको छ,’ बैठकमा सहभागी माधव पक्षका नेता लिलाबल्लभ अधिकारीले भने, ‘सामूहिकरुपमा अविश्वासको प्रस्तावको हस्ताक्षर फिर्ता हुनेछ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भङ्ग गरेपछि विभाजन भएको तत्कालिन नेकपा प्रचण्ड-माधव समूहका ३७ जना प्रदेशसभा सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

प्रस्ताव प्रदेशसभामा टेवल भएपनि छलफल हुन नपाउँदै सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को एकता खारेज गर्दै माओवादी केन्द्र र एमाले ब्युँताएपछि अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्नेहरु बाँडिए ।

प्रतिक्रिया