बुधबार, वैशाख १२, २०८१

बिना विवाद २७ वर्ष श्रीमानसँग किन अलग बसिन् गायिका अलका ?

नेपालखोज २०७७ चैत ११ गते १४:४९

काठमाडौं । बलिउडकी चर्चित गायिका अलका याग्निकले सयौं सुपरहिट गीतमा आफ्नो स्वर दिएकी छिन् । ९० को दशकमा बलिउडको पाश्र्व गायनमा राज गरेकी गायिका अलकाको गायनमा नेपाली मूलका गायक उदीतनारायण झासँग निकै राम्रो जोडी जमेको थियो । उक्त समय बलिउडका अधिकांश फिल्मका गीतहरुमा यी दुईको स्वर हुन्थ्यो ।

अलकाले १४ वर्षकै कलिलो उमेरमा संगीत उद्योगमा आफ्नो करिअर सुरुवात गरेकी थिइन् । उनले २ हजारभन्दा धेरै गीतहरु रेकर्ड गरेकी छिन् । उनले १६ भाषामा गीत गाएकी छिन् । अलका आफ्नो व्यवसायिक जीवनमा निकै सफल रहिन् तर उनले आफ्नो यो सफलताको लागि धेरै त्याग गरेकी छिन् । अलकाले १९८९ मा शिलोंगका व्यवसायी निरज कपूरसँग बिहे गरेकी थिइन् । तर, बिहेपछि २७ वर्षसम्म यी दुई एक अर्काबाट अलग रहे ।

निरजको व्यवसाय शिलोंगमा थियो । अलकाको काम भने मुम्बइमा थियो । यही कारण यी दुईको लागि एक अर्कासँग छुट्टिएर बस्नु बाध्यता बन्यो । एक अर्कासँग छुट्टिएर बस्दा उनीहरुको जीवनमा धेरै चुनौती आए तर यी सबैका यीचमा यी दुईको सम्बन्ध भने सुन्दर तरिकाले अगाडि बढिरह्यो । निरज बेलाबेला मुम्बइ त आउँथे तर विवाहपछिको अधिकांश समय अलकाले सिंगल मदरको रुपमा बिताइन् र आफ्नै बलमा सन्तान हुर्काइन् ।

प्रतिक्रिया