शनिबार, जेठ ४, २०८२

मानव बेचबिखनका आरोपी २८ वर्षपछि पक्राउ

नेपालखोज २०७७ चैत ११ गते १६:१८

काठमाडौं । मानव बेचविखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ परेका छन् । भक्तपुर चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने रामशरण पण्डित भनिने ६८ वर्षीय रामशरण पण्डित क्षेत्रीलाई घटनाको २८ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो ।

उनि विभिन्न मिति र समयमा साउदी अरबमा १२ वर्ष तथा नेपालका विभिन्न ठाउँहरूमा लुकिछिपी बस्दै आएका थिए । रामशरणले आर्थिक अवस्था कमजोर भएका २ जना महिलालाई प्रलोभनमा पारि मुम्बई कोठी सञ्चालिकालाई बेचेका थिए ।

२०४९ भदौ १२ गते तत्काल जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी पेश गरिएपनि उनि हालसम्म फरार रहेका थिए । उनलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जानकारी दिएको छ ।

प्रतिक्रिया