शनिबार, वैशाख १३, २०८२

नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेश ग्रुपबीच सम्झौता

नेपालखोज २०७७ चैत ११ गते २१:२६

काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिट्यालिटीबीच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा तथा डेबिट कार्डबहाक ग्राहकहरुलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ ।

उक्त ग्रुपका १९ वटा आउटलेटहरुमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । उक्त सम्झौता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा ग्रुपका तर्फबाट निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेकाछन ।

उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपिराज पन्त तथा व्यवसाय प्रवद्र्धन प्रविन मुनी बज्राचार्यको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया