मंगलबार, वैशाख ३०, २०८२

आज नेपाल र किर्गिस्तान भिड्दै

नेपालखोज २०७७ चैत १२ गते ८:३१

काठमाडौं । थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको पहिलो खेलमा आज नेपालले किर्गिस्तानको यू-२३ टिमसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले किर्गिस्तानको ओलम्पिक टिमसँग साँझ ५ः३० बजे खेल्नेछ ।

नेपाल आज किर्गिस्तानलाई हराएर फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छ । नेपाली टिमका मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले गोलकिपर किरण चेम्जोङको कप्तानीमा २३ सदस्सीय टिमको घोषणा गरिसकेका छन् ।

मुख्य प्रशिक्षक महर्जनले प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन बताईसकेका छन् ।

किर्गिस्तान पनि नेपाललाई हराएर फाइनल सम्भावना कायम राख्न चाहन्छ । मंगलबार भएको उद्घाटन खेलमा किर्गिस्तान बंगलादेशसँग १-० ले पराजित भएको थियो ।

दोस्रो खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ । नेपाल र बंगलादेशबीचको खेल चैत १४ गते हुनेछ ।

राउण्ड रोबिनको आधारमा हुने लिगको शीर्ष दुई टिमले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् । फाइनल खेल चैत १६ गते हुनेछ ।

प्रतिक्रिया