शुक्रबार, वैशाख १४, २०८१

अत्यावश्यक काममा बाहेक राहदानी नबनाउन विभागद्वारा आग्रह

नेपालखोज २०७७ चैत १२ गते ११:०१

काठमाडौं । राहदानी विभागले अत्यावश्यक काम बाहेक राहदानी नबनाउन आग्रह गरेको छ । निकट भविष्यमा गुणस्तरीय र सुरक्षित विद्युतीय राहदानी जारी गर्ने बताउदैँ विभागले अत्यावश्यक काम बाहेर नविकरण नगर्न आग्रह गरेको हो ।

विभागले एक विज्ञप्ति जारी गर्दै चालक अनुमति पत्र जस्तै समयमै अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने बताएको छ ।


विज्ञप्तिमा भनिएको छ,’ चालक अनुमति पत्र जस्तै समय अवधि हुँदै राहदानी नवीकरण गर्नु नपर्ने, राहदानी नवीकरण नभइ नयाँ बनाउनु पर्ने भएको र म्याद सकिएको कारण कुनै थप दस्तुर नलाग्ने र आवश्यक परेको बेला जुनसुकै समय बनाउन सकिन्छ।‘

विभागले निकट भविष्यमा इ-पासपोर्ट जारी गर्ने भएको बताएको छ । भरपर्दो र सुरक्षित पासपोर्ट हुने पनि बताइएको छ ।

प्रतिक्रिया